सिन्धुलीमा लुटेरा सार्वजनिक



पोष्टराज पहाडी,सिन्धुली, साउन २८ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शुक्रबार २ लुटेरा सार्वजनिक गरेको छ । साउन २२ गते खुर्कोटबाट सिन्धुलीमाडी आउने क्रममा भिमेश्वर–७ मा ना ४ ख १५९ नम्बरको गाडीमा सवार यात्रु दिर्घराज पाण्डेको साथबाट नगद तथा गरगहना चोर्ने ३ लुटेरा मध्ये २ लुटेरा पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शुक्रबार सार्वजनिक गरेको हो । 
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका –६ बस्ने वम बहादुर तामाङका २२ वर्षीय छोरा विकास लामा र ओखलढुङ्गा  जिल्ला रुम्जाटार गाउ विकास समिती वडा नंम्बर ३ घर भई हाल कमलामाई नगरपालिका –६ वस्ने मान बहादुर श्रेष्ठको छोरा वर्ष १७ को खगेन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक दिलिप झाले जानकारी दिए । सोहि घटनामा संलग्न अर्का अभियूक्त वर्ष २० का लिला गौतम भने  फरार रहेको र उनको पनि खोजी कार्य जारी रहेको प्रहरी निरिक्षक झाको भनाई छ ।
रामेछापको हिलेपानी ९ बस्ने ज्ञान बहादुर पाण्डेका छोरा दिर्घराज पाण्डेको साथबाट लुटेराहरुले साउन २२ गते दिउँसो ४ बजेको समयमा पाण्डे सवार बसबाट उनलाई झारी नगद रु. ४८ हजार बराबरको सुनको सिक्री १ थान लुटेर भागेका थिए । उनिहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

त्यस्तै सिन्धुलीको कमलामाई नगरपालीका –६ स्थित २ नम्बर बजारको लामा क्लिनिकमा बुधबार बेलुकी चोरि गर्ने चोरहरुलाई सिन्धुली प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउन पर्नेहरुमा कमलामाई नगरपालीका –४ एैसेलुजंघारका वर्ष १७ का अनुज पाख्रीन, सोहि स्थान वस्ने वर्ष १९ का सुमन खतिवडा र वर्ष १४ को सागर नेपाली तथा कमलामाई नगरपालिका –७ विष्णुधाराका दिनेश लामा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक दिलिप झाले जानकारी दिनुभयो । 
उनिहरुले गत बुधबार सिन्धुलीको २ नंम्बर बजारमा रहेको लामा क्लिनिकबाट नगद चोरि गर्नुका साथै नजिकै रहेको राज सप्लायर्स र कालिका ग्लास हाउसको ढोका फोर्ने प्रयास गरेका थिए । क्लिनिकका प्रोपाइटर नुनु लामाले चोरहरुले नगद रु. ५५ सय चोरेर लगेको बताएका छन् भने चोरहरुले सो स्थानबाट आफुहरुले ६ सय ५० रुपैयामात्र लगेको दावी गरेका छन् ।

प्रकाशित समय 9:51 AM

0 comments for सिन्धुलीमा लुटेरा सार्वजनिक

यसमा तपाईंको प्रतिकृया:

प्रतिक्रीयाका लागि धन्यवाद !

- © Copyright 2009-2012 सिन्धुली दर्पण सर्वाधिकार सुरक्षित । कुनै पनि सल्लाह, सुझाव, सोधपुछ, जानकारी, तस्बिर र समाचारको लागि :- esindhulidarpan@gmail.com वा info@mysindhulidarpan.com मा सम्पर्क गर्नुहोला । -