‘मेरा स्तन ठूला’





बच्चा जन्माएर मोटाएकी हलिउड अभिनेत्री जेसिका सिम्पसन अहिले वजन घटाउने ध्याउन्नमा लागेकी छन् । यसै क्रममा उनले आफ्ना स्तन ज्यादै ठूला भएको बताएकी छन् ।
स्तन ठूला भएकाले आफूलाई कुद्न अप्ठेरो भएको उनको जिकिर छ । ‘जगिङ’ गरेर धेरैले वजन घटाउने गरेका भए पनि स्तन ठूला भएकैले राम्ररी ‘जगिङ’ गर्नसमेत नसकेको उनले उल्लेख गरेकी छन् । ३२ वर्षीया जेसिकाले भनिन्, ‘शरीरको वजन घटाउन म दैनिक ६० मिनेट कार्डियो एक्सरसाइज गर्दै छु । तर, मेरा स्तन यति ठूला छन् कि म राम्ररी दगुर्न पनि सक्दिनँ । त्यसैले हिँडेरै काम चलाइरहेकी छु ।’

जेसिका मे १ मा आमा भएकी थिइन् । सुत्केरीबाट तंग्रिएपछि खानपानमा होस पुर्‍याएर उनले वजनलाई सन्तुलनमा राख्ने कोसिससमेत गरिरहेकी छन् । यद्यपि, वजन घटाउन आफू अझै सफल हुन नसकेको उनको जिकिर छ । (सौर्य दैनिक/एजेन्सी)

प्रकाशित समय 9:57 AM

0 comments for ‘मेरा स्तन ठूला’

यसमा तपाईंको प्रतिकृया:

प्रतिक्रीयाका लागि धन्यवाद !

- © Copyright 2009-2012 सिन्धुली दर्पण सर्वाधिकार सुरक्षित । कुनै पनि सल्लाह, सुझाव, सोधपुछ, जानकारी, तस्बिर र समाचारको लागि :- esindhulidarpan@gmail.com वा info@mysindhulidarpan.com मा सम्पर्क गर्नुहोला । -