सकियो तपस्बी राम बोम्जनको प्रवचन




सिन्धुली,भदौ २७ । 
तपस्वी राम बोम्जनको प्रबचन कार्यक्रम आज सिन्धुलीमाढीमा सम्पन्न भएको छ । बोम्जनले दिउसो १ बजे सिन्धुलीको कमलामाई नगरपालीका वडा नं ७ बुद्धनगरस्थित कर्मसामतेनलिङ् गुम्बा प्रांगणमा प्रबचन दिनुभएको थियो ।  प्रबचन कार्यक्रममा बोल्दै बोम्जनले धर्म शब्द छोटो भएपनी यसको अर्थ र महत्व फराकिलो भएको बताउनुभयो ।

 उहाँले तेरो मेरो भन्ने भन्दा पनि हाम्रो भनेर सामाजीक भाबनामा अघि बढ्नु पर्ने बताउनुभयो । कार्यक्रममा नेपालका बिभिन्न जिल्ला तथा अन्य १९ देशका अनुयायीहरूको उपस्थिति रहेको छ । अमेरिका, चीन, पोल्याण्ड, फ्रान्स, डेन्मार्क, कोरिया, भियतनाम, मलेशिया, सिङ्गापुर, इन्डोनेशिया, इजरायल, हल्याण्ड, जापान, नेदरल्याण्ड, थाइल्याण्ड, ताइवान, इथियोपिया र भारतका अनुयायीहरू पनि प्रबचनमा सहभागी भएको आयोजकको दाबी छ ।

 फोटो फिचर 


प्रकाशित समय 8:00 PM

0 comments for सकियो तपस्बी राम बोम्जनको प्रवचन

यसमा तपाईंको प्रतिकृया:

प्रतिक्रीयाका लागि धन्यवाद !

.

- © Copyright 2009-2012 सिन्धुली दर्पण सर्वाधिकार सुरक्षित । कुनै पनि सल्लाह, सुझाव, सोधपुछ, जानकारी, तस्बिर र समाचारको लागि :- esindhulidarpan@gmail.com वा info@mysindhulidarpan.com मा सम्पर्क गर्नुहोला । -